दमक नगरपालिकामा एक साताका लागि लकडाउन थपियो

झापा । झापाको दमक नगरपालिकाले थप ७ दिन लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।
कोरोना रोकथाम तथा नियन्ण समन्वय समितिको आइतबार साँझ बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४ गतेदेखि भाद्र २० गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।
दैनिक उपभोग्य सामाग्री खरिद गर्नका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अपनाएर बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा व्यवसाय खोल्न पाइने बताइएको छ ।
औषधि पसलहरू र अस्पतालहरूले अति आवश्यक सेवा बाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । सबै अस्पताल क्लिनिकहरू बन्द रहनेछन् ।
यस्तै दमक ६ मा रहेको नयाँ सब्जिबजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ भने २५ जनाभन्दा बढी मलामी जान पाइने छैन ।
नगरपालिकाबाट लकडाउनको अनुगमन गरिने र नियम उल्लङ्घन गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्