तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारका ८ कर्मचारी सहित महोत्तरीमा ३७ जनामा कोरोना संक्रमण

महोत्तरी । बर्दिवास स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ८ जना कर्मचारीमा सहित महोत्तरीमा ३७ जनामा कोरोना पुष्टी भएको छ ।

महोत्तरीमा आज आईतवार थप ३७ जनामा कोरोना भाईरस (कोभिड १९) सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिनुभयो । यो संगै महोत्तरीमा संक्रमित हुनेको संख्या १ हजार २ सय ७७ जना पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन झाले बतानुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button