सरकारले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने
काठमाडौं । सरकारले थप तीनवटा मुलुकसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज बसेको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याण र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
नेपालले हालसम्म विभिन्न ४० मुलुकहरुसँग हवाई संझौता गरिसकेको नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
बैठकले पर्सि देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमति अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिने तर्फ सबै वायुसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत बायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ ।
त्यस्तै नेपालीहरु स्वदेश फिर्ता ल्याउनेलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ ।
समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गर्ने, होटल एसोशिएशन नेपाल, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने कार्यादेश तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्