तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमितहरुलाई खाना र औषधी पुर्याउने जिम्मा सिस्टर रोबोटलाई

वीरगञ्ज । वीरगन्जको कोभिड असपतालमा अब संक्रमितहरुका लागि आजबाट खाना र औषधी पुर्याउने जिम्मा सिस्टर रोबोटलाई दिईएको छ ।

सानो पाईला गैरसरकारी संस्था बिरगंजले राष्ट्रिय अनुसन्धान परिषदको समन्वयमा निर्माण गरिएको सिस्टर रोबोटले वीरगन्जको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुका लागि खाना, औषधी तथा आति आवश्यक समान पुर्याईदिने भएको हो ।

सानो पाईलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहवरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजय कुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट प्रदान गरेको छ ।

सानोपाईलाका कार्याकारी निर्देशक कंचन झाका अनुसार संस्थाका कर्मचारी तथा भौत्तिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले कोरोना महामारीमा अस्पतालमा काम गर्ने स्वचालीत विद्युतीय सिस्टर रोबोट बनाएको जानकारी दिनुभयो ।

सिस्टर रोबर्टले अस्पतालका संक्रमितहरूलाई खाना, नास्ता, पानी, औषधी लगायत आवश्कीय वस्तु पुर्याईदिने छ । संक्रमितलाई आवश्यक औषधी, नास्ता पानीका लागी स्वास्थ्यकर्मी तथा कर्मचारी नभएपनि रोबर्टको सहयोगले उक्त काम सहज हुने झाले बताउनुभयो ।

सिस्टर रोबोटमा समान राखेर कोभिड अस्पतालको कोठामा हरेक बेडसम्म पठाउन सकिने सुविधा रहेको सानोपाईलाका कार्यकारी निर्देशक झाले बताउनुभयो । सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरे पछि दैनिक रुपमा त्यसले काम गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button