तपाईँ सुन्दै हुनुहुन्छः

ठुलो परिमाणमा रासायनिक मल भित्रियो, वितरण शुरु 

वीरगञ्ज । धान खेतीका लागी आबश्यक पर्ने रासायनीक मलको अभाव भएसँगै ठुलो परिमाणमा बन्दरगाहमा रोकिएको रासायनिक मल वीरगञ्ज आईपुगेपछि साल्ट ट्रेडिङ कर्पाेरेशन क्षेत्रीय कार्यालय वीरगञ्जले धमाधम किसानहरुलाई बितरण गर्न थालेको छ ।

भारतको कोलकत्ता, हल्दिया, बिशखापटनम लगायतका बन्दरगाहमा करीब पाँच महीना रोकिएको युरिया मल वीरगञ्ज स्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ । वीरगञ्ज आईपुगेको ५ हजार मेट्रिक टन अर्थात १ लाख बोरा रासायनीक मल वीरगञ्जबाट प्रदेश नम्बर २ देखी ७ सम्मका ६ वटा प्रदेशका जिल्लाहरुमा पठाईएको साल्ट ट्रेडिङ कर्पाेरेशन क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले जानकारी दिनुभयो ।

गोडमेल पछि धानखेतीका लागी आवशयक पर्ने साँढे २१ हजार मेट्रिक टन युरीया मल तेस्रो मुलुकबाट आयात गरिएको र सो मल हाल भारतका कोलकत्ता, हल्दिया, बिशखापटनम बन्दरगाहमा आईपुगेको र अहिले धमाधम बन्दरगाहबाट मल ल्याउने कार्य भईरहेको साल्ट ट्रेडिङ कर्पाेरेशन क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख लामिछानेले बताउनुभयो ।

वीरगञ्जका लागी आज मात्रै कोलकत्ताबाट १ र्याक अर्थात २५ सय मेट्रिक टन युरीया मल हिडिसकेको र दुई दिनभित्र वीरगञ्जमा आईपुग्ने बताउदै यसको वितरणपछि बारा, पर्सा, रौतहट, चितवन मकवानपुर, सर्लाही, धनुषा, महोत्तरी, नवलपरासी लगायत देशैभरका जिल्लाहरुमा आपुर्ती गरीने जानकारी दिनुभयो ।

क्षेत्रीय प्रमुख लामिछानेले गत बिहीबारबाट मल वितरण सुरु भएको र देशका ६ वटा प्रदेशका बिभिन्न जिल्लामा मल पठाईएको बताउदै अहिले साल्ट ट्रेडिङ कर्पाेरेशन सँग ५ हजार मेट्रिकटन डिएपी मल मौजुदा रहेको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button