तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर एक किशोरीको मृत्यु

भद्रपुर, झापा । झापाको भद्रपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ बस्ने १६ बर्षीया कमला चेमजोङ रहेकी छन् ।

प्रहरीका अनुसार शनिबर दिउँसो भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा कमला र उनकी साथी सुस्मिता राई निगुरो टिप्न गएका थिए ।

गर्मी भएपछि सोही वनको कार्यालय भवन पछाडि देउनियाँ खोलामा नुहाउने क्रममा कमलाको डुबेर मृत्यु भएको हो । कमला स्थानीय चन्द्र भानु ज्योति विद्यालयमा कक्षा १२ अध्ययनरत छात्रा हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button