बाँकेमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पुगेको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १९ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा हालसम्म सात सय २७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् भने कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्