तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ७९ जनामा  कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको पछिल्लो रिपोर्ट अनुसार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण पुष्टिहुनेहरुमा ६ महिने बालकदेखि ९७ वर्षीय वृद्धसम्म छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परिक्षणकोक्रममा पर्साका ४७ जना, बाराका ३० जना, मोरङ र काठमाडौँका एक एक जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पताल बीरगंजका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।

शनिवार प्रयोगशालामा ४ सय ४२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ७९ जनामा कोरोना पोजेटिभ देखिएको चौरसीयाले बताउनुभयो ।

पर्सामा कोरोना संक्रमण पुष्टि भएका थप ४७ जना मध्ये पोखरिया नगरपालिकाका १२ जना ३५ जना बीरगंज महानगरपालिकाका विभिन्न वडाका सङ्क्रमित रहेका छन् ।

त्यसै गरी बाराका ३० जना सङ्क्रमितमध्ये विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जितपुरसिमरा उपमहानगरपालिकाका २ जना र कलैया उपमहानगरपालिकाको विभिन्न वडाका २३ जना रहेका छन् ।

जीन एक्सपर्ट प्रविधिबाट गरिएको पिसिआर परीक्षणमा फेला परेका सङ्क्रमितहरूको सिटी भ्यालु १८ देखि ३३ सम्म रहेको नारायणी अस्पतालका प्रवक्ता चौरसियाले बताउनु भयो । सिटी भ्यालु २४ भन्दा कम भएका सङ्क्रमितहरूबाट संक्रमण फैलने सम्भावना बढी रहेको जानकारी समेत डाक्टर चौरसियाले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button