स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु

स्याङ्जा । वालिङ नगरपालिका ५ को मझकोटमा भएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइतेमध्ये दुई पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख हरि सुवेदीले बताउनुभयो । मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय कृष्ण भनिने भानुभक्त गैह्रे र वडा नं. १० का श्याम पंगेनी रहेका छन् । गैह्रे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान ४ बजे बा. २ झ. ४०११ न। को एम्बुलेन्स वालिङ चापाकोट भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको थियो । एम्बुलेन्स कच्ची सडकबाट ५०० मिटर तल खसेको थियो । दुर्घटनामा चापाकोट ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, सोही ठाउँकी २८ वर्षीय पवित्रा पोख्रेल घाइते छन् उनीहरूको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँ बिरामी छोडेर फर्किएको अवस्थामा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पवित्रा गर्भवती रहेको र काठमाडौँबाट डेलिभरीका लागि गाउँ फर्केको प्रहरीले जनाएको छ । घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ । दुर्घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्