नयाँ बिरामी भर्ना नगर्ने राप्ती प्रादेशिक अस्पतालको निर्णय
तुलसीपुर । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बाहिरबाट आउने नयाँ बिरामीलाई भर्ना नगर्ने जनाएको छ ।
राप्ती प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, २ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि बसेको अस्पताल विकास समितिको आकस्मिक बैठकले अर्को सूचना नभएसम्मका लागि अस्पताल सिल गरेर बाहिरबाट आउने बिरामीलाई भर्ना नगर्ने जनाएको हो ।
अस्पतालमा भर्ना भएका बिरामीलाई भने उपचार गर्ने जनाएको छ । अस्पतालमा प्रसुति, जनरल, गाईने र पोष्ट अपमा गरेर ३३ जना भर्ना भएका छन् ।
अस्पतालमा कार्यरत १ सय ४० जना मध्य ५० जनाको परीक्षण भइसकेको छ भने अन्य ९० जनाको पीसीआर परीक्षण गर्न बाँकी छ ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आइतबार नै बाँकी कर्मचारी र बिरामी सबैको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने निर्णय गरेको अस्पतालका फोकल पर्सन दोर्ण वलीले जानकारी दिनुभयो ।
कोरोनाको हल्लाले बिरामी भागाभाग
यसैविच अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै इमरजेन्सी वार्डमा उपचार गराईरहेका ११ जना बिरामी त्यहाँबाट बाहिर गएका छन् ।
अस्पतालमा, मटीतेल, विषादी, चोटपटक लागेका र दिर्घरोगी बिरामीहरुले उपचार गराईरहेका थिए । ‘अस्पताले यहाँबाट जाउ भनेको छैन,’ बिरामीहरु आफै कोरोना लागेको थाहा पाएर हामी जान्छौ भनेर कोही नेपालगञ्ज र कोही घोराही जानुभयो ।’ स्वास्थ्यकर्मी दिपक केसीले भन्नुभयो ।
नयाँ बिरामी भर्ना नगरेपछि पश्चिम दाङ र छिमिकी जिल्ला सल्यान र रोल्पाबाट आउने बिरामीहरु फर्किरहेका छन् ।
उपचारमा संलग्न डाक्टरसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उपचार सेव लिन आएका तथा भर्ना भएका बिरामी र अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोनाको संक्रमण हुन सक्न अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्