तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु

बिक्रम रौनियार, महोत्तरी । महोत्तरीमा कोरोना भाइरस–कोभीड(१९)बाट आज थप एक जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

मृतक भंगाहा नगरपालिका वडा नम्बर १ बस्ने ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टी भएको भंगाहा नगरपालिकाका नगरप्रमुख संजिबकुमार साहले जानकारी दिनुभयो । एक हप्ता देखि ३५ बर्षीय पुरुषमा उच्च ज्वरो र रुघाखोकी देखिएपछी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारको क्रममा त्यहीँ मृत्यु भएको नगरप्रमुख साहले बताउनुभयो ।

कोरोना संक्रमणको आशंकामा मृतक पुरुषको स्वाव संकलन गरी परिक्षण गरेकोमा आज दिउँसो कोरोना पुष्टी भएको हो । मृतकको घरपरिवार सबैमा ज्वरो लगायतका कोभिड १९ संग मिल्दोजुल्दो लक्षणहरु देखापरेको उहाँले बताउनुभयो ।

योसगै भंगहा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button