तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ६ जनामा कोरोना संक्रमण

पाल्पा । पाल्पामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिनाउ गाउँपालिकाका ६ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

भारत तथा अन्य स्थानबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

योसंगै पाल्पामा समुदाय स्तरका ३ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ७९ पुगेको छ । संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणमा १२ गते (शुक्रबार) रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म पुर्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button