तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती प्रादेशिक अस्पतालका २ डाक्टर सहित ९ जनामा कोरोना पुष्टि 

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २ जना डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

गएको बिहीबार ५० जनाको स्वाब संकल गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्रयाक टे«सिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण देखिएपछि अपचाररत सुत्केरी, भर्ना भएका बिरामी, इमरजेन्सी वार्डमा रहेका बिरामी तथा अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा देखिएको हुनसक्न अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button