स्वास्थ्यकर्मीमा संक्रमण भएपछि मुटु अस्पताल बन्द
रुपन्देही । रुपन्द्येहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालसम्मका लागि बन्द भएको छ ।
अस्पतालले सूचना निकालेर अस्पतालको निर्मलीकरण र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्नुपर्ने भएको भन्दै अस्पतालबाट प्रदान भएका डायलाइसिस, सीटी स्क्यान र फार्मेसी सेवाबाहेकका सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ ।
अस्पतालले संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले कति स्वास्थ्यकर्मीमा संक्रमण देखिएको भन्ने खुलाएको छैन ।
यसअघि मुटु अस्पतालमै कार्यरत ३ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले २४ घण्टाका लागि सेवा बन्द गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्