बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । सिराहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रवार राति मृत्यु भएको हो ।
मृतकमा अत्याधिक खोकी ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशङ्कामा पीसीआर परीक्षण गराउँदा भदौ ७ गते रिपोर्ट पोजेटिभ आएपछि उनको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्