बारामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बारा । बारामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा सिम्रौनगढ नगरपालिकाका सात जना , महागढीमाई नगरपालिकाकाका एक जना र बारागढी नगरपालिकाका एक जना गरी गरी नौ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराको कोरोना फोकल पर्सन शङ्कर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कलैया उपमहानगरपालिकाको तीन जना, प्रसौनी गाउँपालिकाका दुई जना, निजगढ नगरपालिकाका एक जना, ईटिहाइका एक जना र बकुलहरको एक जना गरी आठ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रवक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो ।
योसँगै बारामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ३५ पुगेको छ । सङ्क्रमित मध्ये ९७ जना कलैयास्थित गङ्गापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् भने सय ९५ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।
बारामा हालसम्म १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्