दमकमा एक साताका लागि लकडाउन थपियो

झापा । झापाको दमकमा जारी लकडाउनलाई फेरि एक साता थप गरिएको छ ।
शुक्रवार साझ नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गत श्रावण ३२ गतेदेखि जारी रहेको लकडाउनलाई केही खुकुलो बनाउँदै भाद्र २० गतेसम्म लम्ब्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
लकडाउन जारी गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने निर्णय भएको नगर उपप्रमुख समेत रहनुभएका प्रवक्ता गीता अधिकारीले बताउनुभयो ।
त्यस अवधिमा अत्यावश्यक सेवा बाहेक दैनिक उपभोग्य सामाग्री खरिद, बिक्रीका लागि दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म पसल तथा व्यवसाय स्वास्थ्य सुरक्षा पालना गरी सञ्चालन गराउन पाउने निर्णय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्