तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल भित्रै तास खेल्ने ‘हेडमास्टर’सहित ११ जना पक्राउ

चितवन । चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको अवस्थामा स्कुलका हेडमास्टर सहित ११ जना पक्राउ परेका हुन् ।

विहिबार दिउँसो १ बजेतिर स्कुलका हेडमास्टर बिष्णु सिलवाल सहित ११ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुको विवरण र रकम
१)खैरहनी न पा २ का बर्ष ५० का बिष्णु सिलवाल (हेडमास्टर) रु १५०।–
२) खैरहनी न.पा. २ का वर्ष ३९ का राजकुमार गुरुङ( रु १,५००।–
३) खैरहनी न.पा. २ का वर्ष ६५ का ऋषिजन के.सी.( रु १३,८७५।–
४) खैरहनी न.पा. २ का वर्ष ३६ का उमेश के.सी.( रु ४,६६५।–
५) खैरहनी न.पा.२ का वर्ष ४५ का गुणराज के.सी.( रु १२,८७०।–
६) खैरहनी न.पा.२ का वर्ष ४३ का तिलक श्रेष्ठ( रु ४,२८५।–
७) खैरहनी न.पा. ३ का वर्ष ४२ का राजु थापा(रु ४,११०।–
८) खैरहनी न.पा.२ का वर्ष ४२ का राम थापा( रु ३,५३०।–
९) खैरहनी न.पा.२ का वर्ष ३८ का शिव के.सी. (रु ६५५।–
१०) खैरहनी न.पा.२ का वर्ष ३८ का बलराम सिलवाल
११) खैरहनी न.पा. २ का वर्ष ६१ का बेनी के.सी.

प्रतिक्रिया राख्नुहोस्

Back to top button