पाल्पामा कोरोना सङ्क्रमित महिलाको निधन

फाइल तस्बिर
पाल्पा । पाल्पामा कोरोना सङ्क्रमित एक महिलाको निधन भएको छ । तानसेन ८ मदनपोखरा की ३० वर्षीय महिलाको शुक्रवार बेलुका ७ बजे निधन भएको हो ।
महिलालाई १० वर्ष अघिदेखि नै मुटु सम्बन्धी समस्या रहेको र भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजका निर्देशक डा.राजु शाक्यले जानकारी दिनुभयो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा स्वाब सङ्कलन गरिएको थियो । उहाँमा कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो ।
मृतकको शव व्यवस्थापन गरिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । यस अघि कोरोनाको कारण पाल्पा पूर्वखोलाका एक पुरुषको निधन भैसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्