तपाईँ सुन्दै हुनुहुन्छः

बारा प्रहरीले बरामद गरेको सामान भन्सार पठायो

बारा । बारा प्रहरीले विभिन्न समयमा बरामद गरेको २ लाख ५० हजार बराबरको मालसामान भन्सार कार्यालय वीरगन्ज पठाएको छ ।

प्रहरीले २ लाख ५० हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालयको जिम्मा लगाएको बारा प्रहरीका प्रवक्ता गौतम मिरुले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको जिल्लाको विभिन्न प्रहरी चौकीले बिहीबारसम्म २ लाख ५० हजार बराबरको मालसामान बरामद गरेका थिए ।

भन्सार बुझाइएको मसलामानमा कस्मेटिक सामानहरू, किराना सामानहरू, केराउ, सुर्ती र सामान ल्याउनमा प्रयोग गरिएको मोटरसाइकल समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button