तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिनुभयो ।

मृतक दुवै जनाको आज परिक्षण रिपोर्ट आएको हो । कोरोना संक्रमणबाट भंगाह नगरपालिका २ सिग्याहीका ६० बर्षीय पुरुष र मनराशिस्वा नगरपालिका ४ जखवाका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौं ९ गते ६० बर्षीय पुरुषको विराटनगरमा उपचारको क्रममा र भदौं १० गते ३७ बर्षीय पुरुषको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन झाले जानकारी दिनुभयो ।

मनरासिस्वा नगरपालिकामा मात्रै कोरोना संक्रमणबाट हाल सम्म २ जनाको मृत्यु भैसकेको छ । मनरासिस्वा नगरपालिकामा एक, मटिहानी नगरपालिकाका एक, महोत्तरी गाउँपालिका डाम्हि ३ का एक र बल्वा नगरपालिकामा एक जना गरी ४ जनाको मृत्यु भइसकेको छ ।

मृतक ६ औं जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको भएपनि मृतक ५ जना लामो समयदेखि दीर्घरोगले ग्रसित रहँदै आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा शुक्रबार सम्म १ हजार २ सय २५ मा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमण बढ्दै गएपछी महोत्तरीमा भदौ १५ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button