रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँड
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयरको शुक्रबार बाँडफाँड गरेको छ । कम्पनीले शुक्रबार नै यसको प्रि–अलोटमेण्ट समेत गरेर सेयर बाँडफाँड गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटले बैंकसँग भएका आवेदनहरुको प्रमाणीकरण शुक्रबार नै सम्पन्न गरेर सेयर बाँडफाँड गरेको जनाएको छ ।
आवेदन दिएका मध्ये ५ लाख ८७ हजार ५ सय ९ जनाको आवेदन सेयर बाँडफाँडमा भाग लिन योग्य मध्ये ५ लाख ६७ हजारले १० कित्ताका दरले शेयर पाएका छन् । २० हजार ५ सय ९ जनालाई शेयर परेन ।
साधारण सेयर खरीदका लागि ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट २ करोड २९ लाख २६ हजार १० कित्ताका लागि आवेदन परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्