तपाईँ सुन्दै हुनुहुन्छः

बाराको सशस्त्र प्रहरी गणका ४९ जनामा कोरोना संक्रमण

रञ्जन यादब, बारा । बाराको सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा आजै एकै दिन ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी वल नम्बर ४० रिजर्भ गण पिलुवा बारामा रहेका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । भाद्र ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो ।

गणमा कार्यरत एक सय १२ जनाको स्वाब संकलन गरिएको र जसमध्ये ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता मिश्रले बताउनुभयो । योसँगै बारामा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ ।

संक्रमित मध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् । संक्रमितमध्ये दुई ९५ जना संक्रमणमुक्त भइसकेका छन् ।

बारामा मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button