तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा भदौ १९ गतेसम्मका लागि निशेधाज्ञा थपियो

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निषेधाज्ञाको आज (शुक्रबार) अन्तिम दिन आज भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यो पटक थपिएको निशेधाज्ञा केही खुकुलो बनाइने निर्णय भएको छ ।

चितवनमा कोरोना संक्रमणको जोखिम र त्रास थप बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो । उहांँका अनुसार अत्यावश्यक सेवा अन्र्तगत बैंक तथा वित्तिय संस्था र अन्य केही सेवालाई भने केही खुकुलो बनाइने छ ।

साथै उद्योग धन्दा भित्र निश्चित स्थानमा क्वारेन्टीनको व्यवस्था गरी आवाज जावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारी साधनलाई खुकुलो बनाईने निर्णय गरिएको छ ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा निशेधाज्ञा जारी गरेको थियो ।

त्यसपछि साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो ।

यसभन्दा अघि प्रशासनले भदौं ६ गतेदेखि भने आज रातिसम्म लागू हुने गरी जिल्लाभरी नै निषेधाज्ञा थप गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button