रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण
रुपन्देही । शुक्रबार रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार २९ पुरुष र २३ महिलामा संक्रमण पुष्टि भएकोे हो ।
जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षण अनुसार दिउँसो ४ बजेसम्म रुपन्देहीका ६ पालिकाका ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सिद्धार्थनगरमा १८ जना, बुटवल उपमहानगरपालिकामा १७ जना, तिलोत्तमामा ५, मायादेवीमा २, शुद्धोधनमा २ र ओमसतियामा ८ जनामा संक्रमण देखिएको छ ।
यससँगै जिल्लामा संक्रमितको संख्या ८ सय ६५ पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ । जसमध्ये ३६० जना निको भए भने ४९७ जना सक्रिय संक्रमित उपचाररत छन् ।
रुपन्देहीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबबाट परीक्षण गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्