तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । भेरी अस्तपाल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा आज बाँकेमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ७१ पुगेको छ । हालसम्म ६ सय ९३ जना निको हुँदा ६ जनाको भने मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय स्वाब परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button