नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । शनिबार विहान ११:०० बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।
कोरोना संक्रमण बढ्दै गएको र केही नेता आइसोलेसनमा बस्नु परेकोले बैठक स्थगित भएको बुझिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शनिबार ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि सचिवालय बैठक आव्हान भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्