तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक युवाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट आज एक युवाको मृत्यु भएको छ ।

सैनामैना–५ स्थित मौसम चोकमा सैन मैना–६ का १६ वर्षीय विनोद वि.क.को ट्रकको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका वि.क.को उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button