रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा आज थप एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
भेन्टिलेटरमा उपचार भइरहेका ती सङ्क्रमितको बिहीबार राती २ः३० बजे मृत्यु भएको गौतमले बताउनुभयो ।
उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्