तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाले झापामा थप एक जनाको मृत्यु

झापा । झापामा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि साताअघि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा उनको आज शुक्रवार बिहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

समुदाय तहमा कोरोना सङ्क्रमण फैलिएपछि ती वृद्ध पनि सङ्क्रमणमा परेका हुन् । उनको परिवारका एक जना सदस्यमा पनि सङ्क्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसअघि कोरोना सङ्क्रमणका कारण दमकका एक व्यक्तिले काठमाडौँमा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button