तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा लागू औषध सहित एक भारतिय नागरिक पक्राउ


लहान । सिरहाको भगवानपुर गाउँपालिका ३ आभेनगरबाट सशस्त्र प्रहरीले एक लागुऔषध तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने २३ वर्षीय कुलेश्वर साह रहेको छ । उनको साथबाट डायलक्स ३ थान, भ्याट टयाबलेट र नोर्फिन २० पत्ता बरामद भएको छ ।

सिमा नाका सिल भएको अवस्थाबाट पक्राउ परेका साह नेपालमै आएर लागुऔषध कारोबार गर्दै आएका थिए । स्रोतका अनुसार सिरहाको लहान, गोलबजार, मिर्चैयासम्म ती युवकले लागु औषध पुर्याउने गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button