काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न
काठमाडौँ । काठमाडौंस्थित काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
पहिलो तलाको काम सम्पन्न गरी दोस्रो तलाको निर्माण कार्य भइरहेको काष्ठमण्डप पुनःनिर्माणका काम लक्ष्य अनुुरुप अघि बढिरहेको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ ।
लकडाउनका कारण गत चैत वैशाखमा काम रोकिएपनि अहिले दैनिक ३५ जना कामदारले नियमित रुपमा काम गरिरहेको पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
२०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको काष्ठमण्डप पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमध्ये हालसम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई १० करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्