तपाईँ सुन्दै हुनुहुन्छः

ब्राभो टी–ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर


काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टिममा अलराउण्डर ड्वाने ब्राभो टी–ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर बनेका छन् ।

ट्रीनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोले ५ सय विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

ब्राभोले ४ सय ५९ टी–ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका हुन् । यस्तै ब्राभोले सीपीएलमा एक सय विकेट समेत पूरा गरेका छन् ।

ब्राभो बाहेक टी–ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेट समेत लिन सकेका छैनन् ।

राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार व्यहोरेको छ । जमैका आफ्नो पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button