तपाईँ सुन्दै हुनुहुन्छः

प्लेट कभर सकिएपछि मेची अस्पतालमा पीसीआर परीक्षण बन्द

भद्रपुर, झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको पीसीआर परीक्षण सेवा बुधबारदेखि बन्द भएको छ ।

प्रयोगशालामा चाहिने पीसीआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रयोगशालाका लागि आवश्यक आरएनए एक्स्ट्राक्सन र पीसीआर किट स्टकमा भए पनि प्लेट कभर नहुँदा समस्या भएको पोखरेलले बताउनु भयो । परीक्षण सेवा बन्द भएपछि जिल्लामा बुधबार संकलन गरिएको स्वाब प्रयोगशालाले लिएन ।

प्लेट कभर संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरि सकिएको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले परीक्षण पुनः सुचारु हुन भन केही दिन लाग्ने बताउनु भएको छ ।

साउन २६ गते परीक्षण शुरु भएको मेची अस्पतालमा मंगलबारसम्म २ हजार ५ सय ८ जनाको कोरोना परीक्षण भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button