तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर कञ्चनपुरमा फेरी एक जनाको मृत्यु


कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीमा चट्याङ लागेर गए राति एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा शर्मा बिस्टका अनुसार, चट्याङ लागेर अमरबस्तीका २७ वर्षीय गणेश बहादुर सिंहको मृत्यु भएको छ । त्यस्तै, मृतक गणेश बहादुर सिंहकी आमा तुलसी देवी सिंह सहित उहाँका छिमेकीहरू लाल बहादुर बोगटी, भावना भुल र पशुपति सार्की गम्भीर घाइते हुनु भएको छ । सोही स्थानका केही घरहरूमा समेत क्षति पुगेको नगर उपप्रमुख विष्टले जानकारी दिनुभयो ।

यसअघि, सोमबार राति परेको चट्याङ लागेर कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी निवासी करिब २३ वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको थियो । सोही समयमा चट्याङ लागेर घाइते भएका सोही स्थान बस्ने २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको भने उपचार भइरहेको छ । बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी स्थित घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति परेको चट्याङ लाग्दा उहाँहरू घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button