कोरोनाका कारणले धनुषामा थप एक जनाको मृत्यु

जनकपुरधाम । प्रादेशिक अस्पतालमा उपचारका लागि आएका एक जना पुरुषको कोरोनाका सङ्क्रमणका कारणले मृत्यु भएको छ ।
धनुषा जिल्लाको मुखियापट्टी मुसरनीया घर भएका वर्ष ४५ को रामसरोज यादवलाई हिजो दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको छ । मृतकको आज आएको पीसीआर रिपोर्ट पछि कोरोनाको पुष्टि भएको प्रादेशिक अस्पतालका कोरोना विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिनु भयो ।
ज्वरो, रुघाकोकी तथा श्वास प्रश्वासको समस्या आएपछि प्रादेशिक अस्पतालको इमरजेन्सीमा कोरोनाका शङ्कास्पद बिरामीलाई उपचार गर्ने कक्षमा भर्ना गरेकोमा दुई घण्टाभित्रमा नै मृत्यु भएको डा. सिंहले जानकारी दिनु भयो ।
यो सँगै धनुषामा कोरोनाका कारणले हालसम्म १२ जनाको मृत्यु भएको छ भने प्रदेशमा मृतकको सङ्ख्या ६५ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्