बाजुराको बुढिनन्दामा करेन्ट लागेर एक जनाको मृत्यु
बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षिया कणचन्द्र पाध्याय रहेका छन् ।
आज बिहान ५ बजेतिर शौचालय जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भई करेन्ट लागेर उनको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्