बाँकेमा थप २२ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप २२ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको सङ्ख्या छ सय ८२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज खुल्ला कारागार आइसोलेसन गनापुरबाट छ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट पाँच जना, होटेल सिटी प्यालेस आइसोलेसनबाट चार , लायन्स डेण्टल अस्पतालबाट तीन, प्राथमिक स्वास्थ्य केन्द्र बैजनाथबाट दुई जना तथा आदर्श नगर आइसोलेसन नेपालगन्ज र कृषि तालिम केन्द्र आइसोलेसनबाट एक/एक जना रहेका छन् ।
अब आइसोलेसनमा बाँकेका दुई सय ३३ र अन्य जिल्लाका एक जना गरी दुई सय ३४ जना रहेका छन् । बाँकेमा हालसम्म नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
बाँकेमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको उहाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्