तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले ३२ घर जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६, थुम्पाखरको सुन्दर डाँडामुनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ ।

बुधबार बिहान त्यहाँ पहिरो जाँदा धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी घर उच्च जोखिममा परेको स्थानीय रामशरण बोहराले बताउनुभयो ।

पहिरो गएपछि गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताउनुभयो । विद्युतका पोलहरू बगाएको छ । खेतबारी बगाउन थालेको छ ।

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा नं. ६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button