तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

कैलाली । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

बुधवार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मङ्गलवार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियुमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राति करिब ११ः०० बजे सेती प्रादेशिक अस्पतालमा सारिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button