प्रदेश १ मा मंगलबार १ सय ९ संक्रमित थपिए
सुनसरी । प्रदेश १ मा मंगलबार १ सय ९ जना कोरोना संक्रमित थपिए थपिएकामा २९ महिला र र ८० पुरुष छन् ।
मोरङ ४८ सुनसरीमा ४८ झापामा ८ खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
मोरङको विराटनगरमा १० महिला र र १६ पुरुष, धनपालथानमा २ महिला र र ६ पुरुष, ग्रामथानमा १ महिला र र ५ पुरुष, बेलबारीमा १ महिला र र २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र र स्थानीय तह नखुलेकी १ महिला रमा संक्रमण पुष्टि भएको छ ।
सुनसरीको दुहवीमा २ महिला र १४ पुरुष, इटहरीमा ४ महिला र ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवाम १ महिला र २ पुरुष, धरानमा ३ महिला र बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको भद्रपुरमा १ महिला र ३ पुरुष, कमलगाउँपालिकामा १ महिला र १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालय ले जनाएको छ ।
प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको प्रदेश १ मा आज ४९ डिस्चार्ज भए प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ ।
प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको हाल सम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय ले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्