तपाईँ सुन्दै हुनुहुन्छः

हतियार देखाई आतंक मच्चाउने ३ पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका सेउती खोलाको पुलमा हतियार देखाएर आतंक मञ्चाउने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिस भुजेल रहेका इलाका प्रहरी कार्यलय धरानले जनकारी गराएको छ ।

३ जनाले गत आइतबार धरान ८ बस्ने रोशन विश्वकर्मालाई कुटपिट गरेको र सोमबार बेलुका उपमहानगरको ८ नम्बर वडामा पुल नजिकै खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित गराइ रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button