पर्यटन क्षेत्र निराशाजनक अवस्थामा पुगेको छैनः मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्राईले कोविड १९ ले पारेको असरका विच पनि नेपाली पर्यटन क्षेत्र निराशाजनक अवस्थामा नपुगेको बताउनु भएको छ ।
मन्त्रालयले आर्थिक वर्ष ७६–७७ मा सम्पन्न गरेका कामहरुको प्रगती उल्लेख गरिएको पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रमा मन्त्रि भट्टराईले कोविडको चुनौति सामना गर्नु पर्दा भैरहवाको गौतम वुद्ध विमानस्थल निर्माण कार्य सम्पन्न भइसक्ने अवस्थामा अवरोध आएको र पोखरा विमानस्थलको काममा समेत केही ढिलाइ भएपनि निर्माणको काम सुचारु बताउनु भयो ।
विदेशबाट विमान चार्टर गरेर नेपालीहरुलाई स्वदेश ल्याउने कामको व्यवस्थापन गर्न अप्ठेरो भए पनि भदौ १६ देखि केही अन्तराष्ट्रिय उडान नियमित गर्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो ।
स्थानीय तहहरु लकडाउनमा रहेको अवस्थामा आन्तरिक उडान नियमित गर्न कठिनाइ रहने अवस्था हेरेर हिमाली तथा पहाडी क्षेत्रबाट उडान थाल्ने सोचमा मन्त्रालय रहेको मन्त्रि भट्टराईले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्