तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यान्नमा आत्मनिर्भर बन्दै सल्यान, झन्डै नौ हजार मेट्रिक टन खाद्यान्न बचत


सल्यान । खाद्य सुरक्षामा सल्यान जिल्ला सुरक्षित रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा चामल, गहुँ र मकैमा आत्मनिर्भर बन्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा ९७ हजार ६ सय ६४ मेट्रिक टन खाद्यान्न उत्पादन भएकोमा ५४ हजार ७ सय ३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्ने कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए । जिल्लामा हाल ८ हजार ७ सय ४३ मेट्रिक टन खाद्यान्न बचत रहेको उनको भनाई छ ।

उनका अनुसार घरेलु मादक पदार्थ प्रयोगमा ४ हजार ८ सय ८३ मेट्रिक टन, पशु आहारामा २९ हजार २ सय ९९ मेट्रिक टन प्रयोग हुने गरेको छ । उनले भने ‘६३ हजार ४ सय ८१ मेट्रिक टन कुल खाद्यान्न आपूर्तिमा ५४ हजार ७ सय ३८ मेट्रिक टन खाद्यान्न जिल्लामा आवश्यक पर्दा ८ हजार ७ सय ४३ मेट्रिक टन खाद्यान्न बचत रहन गएको छ ।’

जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १ सय ४ मेट्रिक टन धान, ५१ हजार १ सय ७३ मेट्रिक टन मकै, २९ हजार १३८ मेट्रिक टन गहुँ, ९ सय २१ मेट्रिक टन कोदो र ३ सय २५ मेट्रिक टन जौ उत्पादन भएको छ । उक्त उत्पादन खानयोग्य मात्र रहेको सूचना अधिकारी बस्नेतले बताए । उनले भने ‘कुल उत्पादन त बढी नै छ तर हामीले खाद्यान्न भित्रा्उदाको क्षति, बिउ, कुटानी पिसानी गर्दाको क्षति, प्रशोधन गर्दाको क्षति सबैलाई कटाएर खानयोग्य खाद्यान्नलाई मात्र हामीले जोडेका छौँ ।’

जिल्लामा धेरै जमिन अझै बाझो रहेको र बाँझो जमिनलाई उपयोगमा ल्याउन सक्ने हो भने उत्पादन बढेन बस्नेतको भनाई छ । प्रतिव्यक्ति वार्षिक २ सय १ किलो खाद्यान्न आवश्यक पर्ने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button