तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडका कारणले १५ गतेसम्म उच्च, जिल्ला अदालतका सेवा बन्द

जनकपुरधाम । कोरोना महामारीको संक्रमण बढ्दै गएपछि उच्च अदालत जनकपुर तथा धनुषा र महोत्तरी जिल्ला अदालतको अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

भदौ १५ गतेसम्मका लागि उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय बन्द गरेको छ । अदालतका कर्मचारीमा नै कोरोनाबाट संक्रमण देखा परेपछि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरेको छ ।

केही साता अगाडि मात्रै उच्च अदालत जनकपुरका एक न्यायाधिश र सरकारी वकिलको कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको थियो । उच्च अदालत जनकपुर, सरकारी वकिलको कार्यालय, धनुषा जिल्ला अदालत, महोत्तरी जिल्ला अदालतका पदाधिकारीहरु बीच भएको बैठकबाट कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतको कामकारबाही बन्द गर्ने निर्णय गरेको छ ।

सो अवधिमा उच्च अदालत जनकपुर र जिल्ला अदालत महोत्तरीको हकमा थुनछेक, बन्दी प्रत्यक्षीकरण, बालबालिकाको हकमा पर्ने निवेदन, महामारी सम्बन्धी निवेदन दर्ता तथा सुनुवाई जारी रहने भएको उच्च अदालत जनकपुरधामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button