तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस रोकथाम र नियन्त्रणमा योगदान गर्ने सशस्त्र प्रहरी निरीक्षक सम्मानित

कञ्चनपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा महाकाली नगर क्षेत्रमा ठुलो योगदान रहेको भन्दै महाकाली नगरपालिकाले सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोस्ट दोधारा चाँदनीका प्रहरी निरीक्षक राम सिंह भण्डारीलाई सम्मान गरेको छ ।

प्रहरी निरीक्षक भण्डारीलाई सम्मान पत्र, मायाको चिनो तथा दोसल्ला सहित आज महाकाली नगरपालिका कार्यालयमा फुलमाला सहित सम्मान गरिएको महाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जनाएका छन् ।

महाकाली नगरपालिकामा करिब ३० देखि ३५ किलोमिटर सम्म नेपालसँग सीमा जोडिएको खुला सिमाना प्रयोग गरेर महाकाली नगरपालिका र अन्य पालिकाका नागरिकहरू अवैध रूपमा भित्रिने क्रम बढे सँगै लकडाउनको अवधिमा करिब २० देखि २५ हजार नेपाली नागरिकहरू खुला नाका प्रयोग गरेर भित्रिदा प्रहरी निरीक्षक राम सिंह भण्डारीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button