तपाईँ सुन्दै हुनुहुन्छः

रक्तस्राप भई मृत्यु हुनेको कोरोना पोजेटिभ

भैरहवा । घरको छतबाट लडेर टाउकोमा चोट लागि अस्पतालमा भर्ना भएका ५० वर्षीय पुरुषको ८ गते राती मृत्यु भएको छ ।

गैँडहवा गाउँपालिका वडा नम्बर ३ मा घर भएका उनको दिमागमा चोट लागेका कारण मेडिकल कलेजमा उपचार हुँदै गर्दा कोरोना पोजेटिभ रिर्पोट आएपछि भैरहवाको भीम अस्पतालमा आई उनको मृत्यु भएको भीम अस्पतालका कोभिड फोकल पर्सन सुमित प्रजापतिले बताउनु भयो ।

प्रजापतिका अनुसार ५० वर्षीय घाइतेको टाउकोमा चोट लागेका कारण अप्रेसन गर्ने बिरामीलाई सोमबार भीम अस्पतालमा भर्ना नगर्न अनुरोध गर्दा पनि त्यहिँ बिरामीको आफन्तले लगेका थिए । बिरामीको अवस्था नाजुक थियो साँझ ५÷६ बजे ल्याउनु भएको थियो अन्तै लैजानुस भन्दा लैजान मान्नु भएन राती ११ बजे मृत्यु भयो ।

प्रजापतिले भन्नुभयो, बिरामीको अवस्था नाजुक थियो कोरोना पोजेटिभ भए पछि मेडिकल कलेजले रिफर गर्यो कोरोना पोजेटिभ भएर मृत्यु भएको होइन दिमागमा रक्तस्राप भएका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button