जुम्लामा चट्याङ लागेर सयौँ भेडा मरे

जुम्ला ।
जुम्ला । जुम्लाको पूर्व पर्ने पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर सयौ भेडा मरेका छन् । घटनाको पुरा विवरण नआइसकेपनि चछटयाङबाट कम्तीमा पनि पाँच सय भेडा मरेको हुनसक्ने बताइएको छ ।
पातारासीको बागजालेमसामुदायिक वन अन्तरगर्तको ढाणखर्क मासिमसेरा भन्ने पाटनमा चट्याङ परेपछि सयौको संख्यामा भेडा परेका हुन् । स्थानीय विष्णु बुढा, जयबहादुर बोहोरा लगायत किसानका भेडा मरेका हुन् ।
पातारास वडा नं. ४ का वडाध्यक्ष कालि बहादुर रावतका अनुसार, “एकिन कति मरे कति बराबरको क्षति भयो भन्ने विवरण आउन बाँकी छ । घटनास्थलतर्फ किसानहरू गई रहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउने छ ।”
चरण क्षेत्रमा परेको चट्याङले पातारासी गाउँपालिकाका भेडा पालक किसानको पुर्खौली पेशलाईनै बन्द हुने गरी बज्रपात पारेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताउनु भयो । पातारासी क्षेत्रका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडा पालन हो ।
बुढथापाले भन्नुभयो,“सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुस्किल पर्ने अवस्था आएको छ ।” ठुलो सङ्ख्यामा भेडा मरेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् ।
जुम्लामा २०७० सालमा निरन्तर परेको असिना, पानी र हावाहुरीले करिब सात सय भेडा मरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्