चट्ट्याङ लागेर एकको मृत्यु, दुई घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार राति परेको चट्ट्याङ लागेर घाइते भएका तीन जना युवक मध्ये एक जनाको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी करिब २३ वर्षीय लोकेन्द्र चन्दको उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको भए पनि सोमबार राति नै डाक्टरले मृत घोषणा गरेका हुन् । चट्ट्याङ लागेर घाइते भएका सोही स्थान बस्ने २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाहीको धनगढी मै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी स्थित घर नजिकै रहेको राधाकृष्ण मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति ८ः२५ बजे तिर चट्ट्याङ लाग्दा उनीहरू घाइते भएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्