बस्तीमाथिको ढुङ्गाले ३५ घर जोखिममा
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीको नेगीगाउँमा बस्तीमाथि रहेको ठूलो ढुङ्गाले गर्दा ३५ परिवार जोखिममा परेका छन् ।
गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको वर्षाले सर्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।
बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गा आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्